Lumbini Rise
तिनाउ बोर्डिङ स्कूलले  'तिनाउ गायन तारा' प्रतियोगिता गर्ने

बुटवल- बुटवल–११ देवीनगरस्थित तिनाउ इङलिस् बोर्डिङ स्कूलले आउँदो साता जिल्ला स्तरीय तिनाउ गायन तारा प्रतियोगिता गर्ने भएको छ ।

गायनमा क्षमता भएका विद्यार्थीको प्रतिभा प्रस्फूटन गर्ने उद्देश्य सहित विद्यालयले यहीँ मंसिर २५ गते अन्तर विद्यालय पहिलो तिनाउ गायन तारा गर्न लागेको हो ।

विद्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी कार्यक्रमको जानकारी दिएको हो । विद्यालयका सहप्राचार्य सुर्यप्रसाद पाण्डेले प्रतियोगितामा जिल्लाका सामुदायिक र संस्थागत गरी ४० विद्यालयका विद्यार्थी सहभागी हुने अपेक्षा रहेको बताए ।

प्रतियोगितामा कक्षा १० सम्मका मात्र विद्यार्थी प्रतिष्पर्धामा भाग लिन पाउने उनले जानकारी गराए । कार्यक्रम संयोजक नवीनरत्न शाक्यका अनुसार प्रतियोगितामा प्रथम हुनेले १० हजार, द्वितीयले ७ हजार, तृतीयले ५ हजार र सान्त्वनाले ३ हजार पुरस्कार मेडल र प्रमाणपत्र पाउनेछन ।

शाक्यले रहेको विद्यार्थीको प्रतिभा एकीकृत गर्न विद्यालयले कार्यक्रम आयोजना गरेको बताए । शिक्षक अग्निधर पोखरेलले प्रतियोगिताले गायन क्षेत्रमा दरिलो प्रतिभा उजागर गर्ने विद्यालयले अपेक्षा गरी कार्यक्रम अघि सारेको बताए । २०५६ मा स्थापना भएको विद्यालयमा दुई हजार विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  १९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update