बुटवल– बरिष्ठ साहित्यकार कुलचन्द्र मरासिनीको श्रीमद्भागवत काव्यसुधाको एक समारोहका विच विमोचन गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नं. १४ स्थित स्वामी शशिधर स्मृति प्रतिष्ठानको २१ औं बार्षिक साधारण सभा तथा अधिवेशनको अवसरमा प्रतिष्ठानका आजिवन सदस्य प्राज्ञ, बरिष्ठ साहित्यकार तथा सिद्धार्थ उच्च मा.बी. अर्घाखाँचीका पुर्व प्रधानाध्यापक मरासिनीको पद्यात्मक नेपाली भाषामा अनुवाद गरिएको श्रीमद्भागवत काव्यसुधाको विमोचन गरिएको हो ।
पुस्तकको प्रतिष्ठानले प्रकाशन गरेको हो । प्रतिष्ठानका आजिवन जेष्ठ सदस्य जिवराज मरासिनीको प्रमुख आतिथ्यतामा पुस्तक लोकार्पण गरिएको थियो । कार्यक्रममा बरिष्ठ साहित्यकार उत्तर कुमार पराजुलीले पुस्तकले नयाँ इतिहास रच्ने काम गर्ने बताए ।साथै पुस्तकका लेखक कुलचन्द्र मरासिनीद्धारा अनुबाद भएको भागवतको बारेमा ब्याख्या बिश्लेषण समेत गरेका थिए ।
सो समारोहमा नेपाल सरकारका पुर्व उपसचिव डबल बहादुर बि.सि., हंसपुर रुपन्देही सम्पर्क समाजका अध्यक्ष लक्ष्मण पन्थी, समाजका सल्लाहकार निलकण्ठ मरासिनी समेतले सो पुस्तकको टिप्पणी गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष अधिवक्ता गोबिन्द प्रसाद मरासिनीको अध्यक्षता, कार्यसमितिका सदस्य अनन्तपाणी मरासिनीको स्वागत तथा प्रतिष्ठानका सदस्य बरिस्ठ साहित्यकार मोहन मरासिनीको सञ्चालनमा कार्यक्रम भएको हो ।
सो कार्यक्रममा आ.व. ०८१–०८२ को बार्षिक प्रतिवेदन प्रतिष्ठानका अध्यक्ष अधिवक्ता गोबिन्द प्रसाद मरासिनी तथा आर्थिक प्रतिवेदन कोषाध्यक्ष गोबिन्द प्रसाद मरासिनीद्धारा प्रस्तुत गरी सर्व सम्मत रुपमा पारित गरिएको थियो । अधिवेशनले पुनः अधिवक्ता गोबिन्द प्रसाद मरासिनीको अध्यक्षतामा ११ सदस्यीय कार्य समितिको गठन गरेको छ ।




