Lumbini Rise
सिद्वार्थ भोजनालय शुभारम्भ


बुटवल- दैनिक युवाहरुमा विदेश मोह देखिएको छ । यस्तो बेला रुपन्देहीमा एक युवा जोडीले भने यही होटलमा लगानी थप्दै सुविधासम्पन्न सेवातर्फ अघि बढेका छन।


तिलोत्तमामा रहेको सिद्धार्थ रेष्टुरेन्ट एण्ड भोजनालयमा लगानी बढाएर ओमसतिया–१ मा युवा बुद्घिराज भट्टराई र प्रतिमा भट्टराईको दम्पतीले सेवा सुभारम्भ गरेका हुन । करीब ६० लाख लगानीमा नया ब्यवस्थापनसहित भोजनालय संचालनमा आएको हो।

एक समारोहका बिच रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष माधव खनालले उद्घाटन गर्दै धेरै ब्यवसाय धराशाही भैरहेको बेला युवा दम्पतीबाट पर्यटन क्षेत्रमा लगानी गरेर अवसर सृजना गरेको बताए । 


कार्यक्रममा सल्लाहकार माधव प्रसाद नेपालले रेष्टुरेन्ट खोल्नेमात्र नभई उद्यमीहरु यसको अर्थमा पनि स्पष्ट हुनुपर्ने बताए । सेवा ब्यवसायमा पर्ने राम्रो खाना र नास्ता स्वादिलो बनाएर खुवाउने पेशालाई एकरुपता ल्याउन जरुरी रहेको उनले बताए । आतिथ्यता बुझाउने पेशा भएको हुदा पनि गुणस्तर बढाउने गरि सेवा दिन आग्रह गरे । 


विगत लामोसमयदेखी होटल पेशामै रहेका भट्टराई दम्पतीले लगानी थप गरि सुविधासम्पन्न संचालनमा ल्याएका हुन । भोजनालयमा हास र बोकाको विशेष परिकार पाईन्छ ।


कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अर्जुन थापा, सचिव तुल्सिराम पराजुलीले मौलिक खानाको परिकार पस्कन सुझाव दिए । तिलोत्तमानगरपालिका र ओमसतियाको सिमामा पर्ने सिक्सलेन सडकमा खोलिएको भोजनालयमा पाच वटा क्याबिनसहितको रुफ टप रेष्टुरेन्ट समेत रहेको छ । 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update