
नवलपरासी – दाउन्नेमा गएको सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–बुटवल सडक खण्ड पूर्ण रुपमा सञ्चालनमा आएको छ । बुधबार (आज) बिहान ५ बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।
नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा सडक निर्माण भइरहेको बेला मंगलबार (हिजो) विहान साँढे १० बायाँतर्फ सुक्खा पहिरो खसेपछि गाडी र यात्रु रोकिएका थिए ।
‘साँढे १० तिर बाटो खस्न थाल्यो, मानवीय क्षती हुन्छ भनेर अत्यावश्यक वाहेकलाई बन्द गरेर निर्माण गरियो’ इलाका प्रहरी कार्यालय दुम्बकीबासका इनिसपेक्टर राजन तिमिल्सेनाले भने ।
उनका अनुसार रोकिएका यात्रुहरुलाई डाईभर्सन गरी साँझ ५ बजेदेखि एकतर्फी सञ्चालन गरिएको थियो । राती ११ बजेदेखि बन्द गरी बुधबार विहान ५ बजेदेखि पूर्ण रुपमा सडक सञ्चालन भइरहेको उनले बताए । अहिले त्यस क्षेत्रमा गाडीको आवागमन सामान्य रहेको प्रहरीले जनाएको छ ।
दाउन्ने क्षेत्रमा सडक विस्तारको काम भइरहेको छ । अहिले दैनिक राति ११ बजेदेखि बिहान ५ बजेसम्म आवागमन रोकेर काम गर्ने गरिएको छ । दाउन्नेमा हिउँद होस वा बर्षा सडक अबरुद्ध हुने जोखिमले गर्दा यात्रुहरुले सास्ती पाइरहेका छन् । सडकमा गाडी रोकेर काम गरेपनि गती भने उस्तै ढिलो रहेको छ ।