
बुटवल – जम्मु कश्मीरको पहलगाममा भएको हमलामा परि दुई नेपालीको मृत्यू भएको छ । मृत्यु हुनेमध्येका नेपालका सुदीप न्यौपाने बुटवलको रहेको खुलेको छ । रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिकाको बासिन्दा रहेको उल्लेख गरिएको छ । हमलामा परेर २६ जनाको ज्यान गएको थियो ।
त्यस्तै आतंकवादी हमलाबाट आक्रमणमा परी घाइते हुनेमा एक नेपाली पनि रहेकी छन् । घाइते हुनेमा नेपालकी रेनु पाण्डे पनि रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
सञ्चारमाध्यमहरुले घाइते र मृतकको नाम सार्वजनिक गरेको लिस्टमा पाण्डेको नाम पनि उल्लेख रहेको छ । सञ्चारमाध्यमका अनुसार उनी घाइते भएकी छन् भने उनको अवस्था स्थिर रहेको छ ।
सैनिक पोशाकमा ५ जना बन्दुकधारीले पर्यटकीय क्षेत्रमा रमाइरहेका पर्यटकलाई उनीहरुको नाम र देश सोध्दै हिन्दू नाम भएका जतिलाई गोली हानेका थिए ।