Lumbini Rise
जम्मुकाश्मिर घटनाप्रती बुटवल नगरप्रमुख पाण्डेद्धारा दुःख व्यक्त

 


बुटवल–  बुटवल उपमहानगरपालिकाले भारतको जम्मुकाश्मीरमा आतंककारी हमलामा परि मृत्यू भएको घटनामा दुःख व्यक्त गरेको छ । 

नगरप्रमुख खेलराज पाण्डेले बुधबार एक प्रेस विज्ञप्ती जारी गरी घटनामा परि मृत्यू भएका बुटवलका  सुदीप न्यौपानेप्रती श्रद्धाञ्जली अर्पण गर्दै मृतकका  परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था दिलाउन माग गरेका हुन । 

नगरप्रमुख पाण्डेले आक्रमणमा परी घाइते भएकाहरुको उपचार र राहतको व्यवस्था गर्नका  नेपाल सरकारसँग माग गरेका छन । ‘रुपन्देहीको बुटवल ११ कालिकानगर, होराइजनटोल, मनकामना पथ निवासी सुदीप न्यौपानेको निधन भएकोमा स्तब्ध भएका छौं’ विज्ञप्तीमा भनिएको छ । 

बुटवलका बासिन्दा न्यौपाने बिदाको समयमा आफ्नो आमा, वहिनी र ज्वाईँ सहित घुमफिर गरिरहेकै अवस्थामा बन्दुकधारी आतंककारीहरूले मंगलबार दिउँसो एक्कासी गोली चलाएर घटना घटाईएको जनाइएको छ । 

घटना भएदेखि परिवारसँग सम्पर्कमा रहेको नगरप्रमुख पाण्डेले उल्लेख गरेका छन । ‘सुदीपका मामा बुटवल १२ निवासी महाशर्मा पाण्डेसँग नियमित सम्पर्कमा रहेको छु र आवश्यक सहजीकरणका लागि पहल गरिरहेको छु ’ विज्ञप्तीमा लेखिएका छन् । निर्दोष नागरिकहरूको ज्यान गएकोमा दुःख व्यक्त गर्दै नगरप्रमुख पाण्डेले घटनाको घोर भत्र्सना गरेका छन ।

 

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update