Lumbini Rise
सुदीपको त्रिवेणीधाममा अन्त्येष्टि गरियो 

 

बुटवल – भारतको जम्मुकस्मिरको पहलगाममा आतंकवादी समूहको आक्रमणबाट मारिएका बुटवलका सुदीप न्यौपानेको बिहीबार त्रिवेणीघाटमा अन्त्येष्टि गरिएको हो ।

नवलपरासीको त्रिवेणी घाटमा २७ बर्षिय सुदीपलाई काका कपिलदेव न्यौपाने ९कृष्ण०ले दागबत्ती दिएको बुटवल वडा न. १४ का वडाअध्यक्ष दधिराम न्यौपानेले बताए।


 बुटवल–११ कालिकानगरको मनकामना पथ घर भएका सुदीपको शव श्रीनगरबाट दिल्ली हुँदै लखनउसम्म हवाई मार्ग र त्यहाँबाट एम्बुलेन्समार्फत नेपाल–भारतको सीमा सुनौली हुँदै बुटवलसम्म ल्याइएको थियो।

हिन्दु परम्पराअनुसार काजक्रिया गरिएको थियो । रुपन्देहीको -सुनौली -बेलहिया भैरहवा नाकामा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेसहितका जनप्रतिनिधि, सुरक्षाकर्मीसहितको टोलिले शव लिन पुगेको थियो । भारततर्फबाट ल्याएको शव भारतीय टोलीले आफ्न्तलाई जिम्मा लगाएपछि बुटवल ११ होराइजन टोल मनकामना पथमा श्रद्धाञ्जलीका लागि शव राखिएको थियो । 


बुटवलबाट शनिबार आमा, बैनी र बैनीज्वाइसहित घुमघामका लागि भ्रमणमा निस्किएका सुदीप मंगलबार आतंकवादी समूहको आक्रमणमा मारिएका थिए। सुदीपको शव बिहीबार नेपाल ल्याइएको थियो। सुदीप मंगलबार भएको आतंकवादी आक्रमणमा परेर ज्यान गुमाउने २६ जनामध्ये एक हुन् ।

आक्रमणबाट सुदीपकी आमा , बैनी तथा ज्वाई जोगिएका थिए । आक्रमण कारीले कुन धार्मिक समूहको हो भन्दै सोधेर गोली होनेपछि सुदीपको ज्यान गएको थियो । सुदीप रिमाका एक्ला छोरा हुन् ।


 

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  २२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update