Lumbini Rise
नेकपा एस बुटवल उपमहानगरको अधिवेशन भाेली हुने, पूर्वमन्त्री पाण्डेले उदघाटन गर्ने

 

बुटवल- नेकपा (एकीकृत समाजवादी ) बुटवल उपमहानगर कमिटिको दोस्रो अधिवेशन शनिबार (भोली) हुने भएको छ । २०७८ सालमा विद्रोहबाट जन्मिएको समाजवादीले उपमहानगरको दोस्रो अधिवेशन गर्न लागेको हो । 

शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उपमहानगर अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । अधिवेशनको पार्टीका केन्द्रीय सचिव तथा पुर्वमन्त्री सोमप्रसाद पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको नगर अध्यक्ष चिनबहादुर गुरूङले जानकारी दिए ।  

पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य सिद्धिचरण भटटराईले आफू आन्दोलनको तयारीमा रहेको बताउँदै यहि विच हुने नगरअधिवेशनको भव्य सफलताको शूभकामना दिए ।


उक्त अवसरमा बुटवल उपमहानगरपालिकाका १९ वटा वडाबाट ६५४ प्रतिनिधिहरुले पार्टीको नेतृत्व चयन गर्ने जानकारी दिइएको थियो । अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव २ जना गरी ६३ सदस्यीय उपमहानगर कमिटि चयन गरिने सचिव लोकराज शर्माले बताए । 

पत्रकार सम्मेलनमा स्वागत गर्दै पार्टीका नगरउपाध्यक्ष रुक्माङगत घिमिरेले उपमहानगर कमिटिको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताए । जिल्लाको दशौं अधिवेशन सम्पन्न गरिसकेको नेकपा एसले स्थानीय पालिका तहका कमिटिहरुको अधिवेशन गरिरहेको छ । यसअघि देवदह, सियारी, ओमसतिया, सिद्धार्थ नगर, रोहीणीमा अधिवेशन सम्पन्न गरिसकिएको सचिव शर्माले बताए ।


पत्रकार सम्मेलनमा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री भगवती अधिकारी, प्रदेश कमिटि सदस्य कमल भण्डारी, राजेन्द्र पाण्डे, जिल्ला अध्यक्ष हिराध्वज शाह लगायतको उपस्थिती रहेको थियो ।
 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update