Lumbini Rise
राेजगारी र सुशासन नै समाजवादकाे गन्तव्य  : भट्टराई

 


बुटवल – नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले ठूला भनिएका दलहरुकै कारण मुलुकमा यथास्थिती र पुर्नउत्थानबादी  शक्तिहरु सलबलाउन थालेको टिप्पणी गरेका छन ।

नेकपा एकिकृत समाजवादी बुटवल उपमहानगरले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य भट्टराईले अब ठूला भनिएका दलहरुले आफूलाई सुधार गर्नुपर्ने बताए । उनले सत्तासिन दलहरुको असफलता र अर्कमण्यका कारण पुर्नउत्थानवादी शक्तिहरुले असन्तुष्टहरुबाट शक्ति सञ्चय गर्न कोसिस गरेको बताए । 

उनले अब दलहरुविच ऐजेन्डाका आधारमा गठबन्धन गर्ने र सरकारमा जाने संस्कृति विकास गर्नुपर्ने बताए । मुद्धामा भन्दा पनि स्वार्थमा गठबन्धन र सहकार्य गर्ने परिपाटीले जनतामा निराशा छाएको उनले बताए ।


केन्द्रीय सदस्य भट्टराईले मुलुकमा देखा परेको राजनीतिक संकटबाट अगाडि बढ्नका लागि अब सुशासन र रोजगारी नै प्रमुख ऐजेन्डा हुनुपर्ने बताए । उनले नेकपा एकिकृत समाजवादीले ‘सुशासन र रोजगारी समाजवादको तयारी’ भन्ने मुद्धालाई स्थापित गर्ने गरी आन्दोलनको तयारीमा रहेको समेत बताए ।

उनले सुशासन र रोजगारीका लागि सम्पूर्ण शक्तिहरुलाई एकिकृत गरी राष्ट्रिय सम्मेलन मार्फत आफूहरुले आन्दोलनको नेतृत्व गर्ने बताए । ‘हामी आन्दोलनको चरणमा छौं, हामी सबै क्षेत्रबाट सुझाव लिएर सुशासन र रोजगारीका बिषयमा सबैलाई एकजुट बनाएर जाने तयारीमा छौं’ उनले भने ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update