बुटवलमा उत्साहजनक मतदान [तस्विरहरु]
बुटवल- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज विहान ७ बजेदेखि मतदान जारी छ । रुपन्मुदेही सहित लुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान भइरहेकाे हाे ।
‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भईरहेकाे छ । बुटवलमा पनि मतदाताकाे उत्साह देखिएकाे छ । केही क्षेत्रमा बृद्धदेखि शारीरिक अशक्तहरुले समेत मतदानमा भाग लिएका छन् ।
मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको थियो ।
तस्विरहरु - विनाेद परियार
प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२ ११:५६
प्रतिक्रिया दिनुहोस्


