
लुम्बिनी - चौथौ एशिया बौद्ध साँस्कृतिक महोत्सवको अवसरमा लुम्बिनीमा बुद्ध संस्कृतीका बिषयमा सेमिनार गरिएको छ । सेमिनारमा चिनियाँ संस्कृति प्रवद्र्धन सोसाइटीका निर्देशक प्राध्यापक क्वान वोइङले फाहियानको भ्रमणले नै बुद्धस्थल र ग्रन्थहरुको पहिचान गर्न सकेको बताउँदै लुम्बिनी र नेपालका लागि यो महत्वपूर्ण रहेको बताइएको छ । संस्कृति आदान प्रदानमा अरनिकोको योगदान चीन भुल्न नसक्ने उनीहरुकाे भनाइ छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयमा शनिबारदेखि शुरु भएको अन्तर्राष्ट्रिय सेमिनारमा राष्ट्रिय अन्र्तराष्ट्रिस्तरका विज्ञहरुले नेपाल चिन बौद्ध कला र संस्कृतीका बिषयमा छलफल गरिएको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयको मेत्ता हलमा शुरु सेमिनारको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले उद्घाटन गरेका हुन ।
मुख्यमन्त्री आचार्यले नेपाल र चीनबीचको प्राचीन सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने अवसर रहेको बताए । लुम्बिनी बौद्ध विश्वविद्यालय, चिनियाँ संस्कृति प्रवद्र्धन समाज, लुम्बिनी विकास कोष र सारीपुत्र प्रतिष्ठानको संयुक्त आयोजनामा सेमिनार आयोजना गरिएको छ ।
यो समिनारले नेपाल र चीनबीचको सांस्कृतिक, धार्मिक र बौद्धिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । ‘लुम्बिनी केवल नेपालको गहना मात्र होइन, यो विश्व शान्ति र बौद्ध दर्शनको स्रोत हो’ उनले भने ’बुद्धले यही भूमि लुम्बिनीबाट विश्वलाई शान्ति, बन्धुत्व, अहिंसा, करुणा र समानताको सन्देश दिनुभएको हो ।’
नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई आधुनिक सन्दर्भमा पुनर्जीवित गर्दै सांस्कृतिक, आर्थिक र बौद्धिक सहकार्यको नयाँ अध्याय लेख्ने प्रयत्न आजको आवश्यकता भएको मुख्यमन्त्री आचार्यले जोड दिए । उनले सेमिनारले बौद्ध दर्शन, कला र संस्कृतिको गहिराइलाई उजागर गर्ने विश्वास व्यक्त गरे ।
चीनको आर्थिक विकासको प्रशंसा गर्दै मुख्यमन्त्री आचार्यले नेपालले चीनसँगको सहकार्यबाट आर्थिक उन्नति, व्यापार विस्तार र पूर्वाधार विकासमा ठूलो फाइदा लिन सक्ने बताए । विशेषगरी, लुम्बिनीलाई विश्व शान्ति र बौद्ध पर्यटनको केन्द्र बनाउन चिनियाँ लगानी र प्राविधिक सहयोग अत्यन्त उपयोगी हुने उनले उल्लेख गरे ।
उनले लुम्बिनी प्रदेश सरकार बौद्ध संस्कृति, कला र सम्पदाको संरक्षण तथा प्रवद्र्धनमा पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी दिए । ’यो सेमिनार केवल बौद्धिक विमर्शको मञ्च मात्र होइन, नेपाल र चीनबीचको मित्रता, सहकार्य र सांस्कृतिक एकताको उत्सव पनि हो’ मुख्यमन्त्री आचार्यले भने ।
लुम्बिनी बौद्ध विश्वविद्यालय, चिनियाँ संस्कृति प्रवद्र्धन समाज, लुम्बिनी विकास कोष र सारीपुत्र प्रतिष्ठानको संयुक्त आयोजनामा सेमिनार आयोजना गरिएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा। तिलकराम आचार्यले बुद्ध दर्शनले नेपाल र चीनबीच प्राज्ञिक सम्बन्धलाई जोड्दै गइरहेको बताए । उनले बौद्ध शिक्षाका उच्चतहको अध्ययनमा चीनका विश्वविद्यालय र नेपालका विश्वविद्यालयबीच सम्बन्ध सहकार्य बढ्दै गएको बताए ।
‘चिनियाँ विश्वविद्यालयसँगको प्राज्ञिक सम्बन्ध शसक्त रुपमा अघि बढिरहेको छ, यो सेमिनार त्यसैको एउटा निरन्तरता हो, उनले भने ।
सेमिनार केवल बौद्धिक विमर्शको मञ्च मात्र होइन, नेपाल र चीनबीचको मित्रता, सहकार्य र सांस्कृतिक एकताको उत्सव पनि रहेको उनले बताए ।
चिनियाँ संस्कृति प्रवद्र्धन सोसाइटीका निर्देशक प्राध्यापक क्वान वोइङले फाहियानको भ्रमणले नै बुद्धस्थल र ग्रन्थहरुको पहिचान गर्न सकेको बताउँदै लुम्बिनी र नेपालका लागि यो महत्वपूर्ण रहेको बताए । संस्कृति आदान प्रदानमा अरनिकोको योगदान चीन भुल्न नसक्ने उनको भनाई थियो ।
चिनियाँ प्रोफेसर सोय युले चीन र नेपालबीचको सम्बन्ध परम्परादेखि नै रहेको बताए । ‘चीन नेपाल सम्बन्ध अहिलेको होइन, यो निकै मजबुद छ, उनले भने ।चिनियाँ संस्कृति प्रवद्र्धन सोसाइटीका उपाध्यक्ष छङ गाङ्गले बौद्ध दर्शनको कला संस्कृतिको प्रवद्र्धनमा चीन र नेपालले संयुक्त रुपमा काम गर्नुपर्ने बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, सारिपुत्र फाउण्डेसन, चीनको वल्र्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेइनिङ एकेडेमीको सहकार्यमा सेमिनार आयोजना भएको हो ।
बौद्ध संस्कृति, चिनियाँ संस्कृति, कला, परम्परागत बौद्ध चिकित्सा तथा बौद्ध शिक्षामा केन्द्रीत रहेर सेमिनारमा कार्यपत्र प्रस्तुत गरिएको सेमिनार संयोजक डा. सागर न्यौपानेले जानकारी दिए ।
कार्यपत्रमध्ये ३२ वटा विदेशी विज्ञहरुको रहेको जनाइएको छ । महोत्सवको यसअघि प्रधानमन्त्री केपि शर्मा ओलीले लुम्बिनी विकास कोषको अन्र्तराष्ट्रिय ध्यान केन्द्रमा उद्घाटन गरिएको थियो । महोत्सव अन्तर्गत लुम्बिनी बौद्ध विश्वविद्यालयमा सेमिनार, अन्र्तराष्ट्रिय ध्यान केन्द्रमा सांस्कृतिक कार्यक्रम तथा फोटो प्रदर्शनी समेत गरिएको छ । सेमिनार आइतबार ५ बजे सकिने लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रशासन प्रमुख चुरामणि पोख्रलले जानकारी दिए ।
यस्तै शनिबार साँझ मायादेवी मन्दिर परिसरमा दस्प प्रज्वलन गरिसकिएको छ भने रामग्राम र तिलौराकोटमा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको सारिपुत्र फाउन्डेनका अध्यक्ष भन्ते सुमंगलोले बताए ।
यसअघि पहिलो, दोस्रो र तेस्रो सांस्कृतिक फेस्टिवल कम्बोडिया, श्रीलंका र थाइल्याण्डमा सम्पन्न भइसकेका छन् । लुम्बिनीको गरिएको महोत्सवले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।