Lumbini Rise
नेकपा एकिकृत समाजवादी बुटवल अध्यक्षमा चिनबहादुर गुरुङ निर्वाचित


 

बुटवल – नेकपा एकिकृत समाजवादी बुटवल उपमहानगरको अध्यक्षमा चिनबहादुर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन । शनिबार अवेर सकिएको निर्वाचनमा गुरुङ पुन दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन ।  

अधिबेशनबाट उपाध्यक्षमा ईन्द्र राई, सचिवमा भिम बहादुर क्षेत्री, उपसचिवद्धयमा शेरजंग गुरुङ्ग (इश्वर) र शिबकुमारी पाण्डेय बस्याल सहित ३१ सदस्यी कमिटि सर्वसम्मत चयन गरिएको निर्वाचन समितिले जनाएको छ । 

निर्वाचितहरुलाई नेकपा एकिकृत समाजवादीका केन्द्रीय सचिव पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले शूभकामना दिदै समाजवादी आन्दोलनमा डटेर लाग्न आग्रह गरे ।

उक्त अवसरमा केन्द्रीय सदस्य भगवती अधिकारी, प्रदेश सदस्य कमल भण्डारी, राजेन्द्र पाण्डे, जिल्ला अध्यक्ष हिराध्वज शाह लगायतको उपस्थिती रहेको थियो ।

यसअघि अधिवेशन उदघाटन समारोहमा बुटवल वडा न ११ का रमेश परियारले एमाले  परित्याग गरि तथा श्याम सुनार नेपाली काग्रेस परित्याग गरि नेकपा एसमा समाहित भएका थिए । उनीहरुलाई पार्टी सचिव पाण्डेयले टिका लगाएर स्वागत गरेका थिए ।

V79nMM4K-1745725074.jpg


 

 

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  ०९:२३
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update