Lumbini Rise
पाल्पाको सिद्धेश्वरमा जिप दुर्घटना : तीन जनाको मृत्यू, दुई घाइते

 

पाल्पा – पाल्पाको रैनादेवी छहरामा गएराती जंगलमा लागेको डढेलो निभाउन गएका व्यक्तिहरू सवार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यू भएको छ।

दुर्घटनामा परी रैनादेबी छहरा गाउँपालिका १ असारेका बर्ष २३ का जनक रेगामी, सोही ठाउँका बर्ष ३६ का दिपेन्द्र बुढा र सोही ठाउँका बर्ष ३१ का चेतनारायण बिककाे मृत्यू भएकाो हाे ।

जिल्लाकाे पश्श्चिम रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वर असारे स्थित भित्री कच्ची सडक खण्डमा लु १ ज २३७७ नम्बरको जिप राती १०ः १०बजे आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २ सय मिटर मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । जीपमा सवार ५ मध्ये तीनको घटनास्थलमै मृत्यू भएको हो भने घाईते २ जना घाइते भएका छन । 

रैनादेवी छहरा १ का २७ बर्षिय रन्जन रेस्मी र साेही ७ ठाउँका २३ बर्षिय सरोज बुढाको मिसन अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । डढेलो निभाउने जानेक्रममा भएको दुर्घटनाले तीन जनाको मृत्यू भएपछि गाउँ शोकाकुल बनेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

Palpa-accdent-jeep-1745801803.jpg


 

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  ०६:४०
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update