
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का नेताहरुले आन्दोलन भएकै ठाउँमा पुगेर शिक्षकहरूको आन्दोलनलाई ऐक्यद्धता जनाएका छन् ।
सोमबार २७ दिनदेखि राजधानीको बानेश्वर क्षेत्रमा आन्दोलनरत शिक्षकहरूको बिचमा पुगेर पार्टी अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, पार्टीका वरिष्ठ नेता प्रमेश हमाल, घनेन्द्र बस्नेत,पार्टीका पदाधिकारीहरू वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष प्रकाश ज्वाला, डा.गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी लगायतका शीर्ष नेताहरूले ऐक्यवद्धता जनाएका हुन ।
आइतबार पार्टीको केन्द्रीय सचिवालयले गरेको निर्णयअनुसार शिक्षक आन्दोलनमा ऐक्यवद्धता जनाउने कार्यक्रम सम्पन्न गरिएको हो। पार्टी अध्यक्ष, सम्मानित नेता र पदाधिकारीहरू आन्दोलन स्थल पुगेपछि आन्दोलनरत शिक्षकहरू उत्साहित भएको तर, परिस्थिती सहज नभएपछि भने नेताहरु बाहिरिएका थिए ।
पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाकाअनुसार पार्टी अध्यक्षलगायत कुनै पनि नेताले भाषण गर्ने कार्यक्रम नरहेको र सोही अनुसार ऐक्यवद्धता जनाएर फर्किएको बताए ।