
बुटवल – ग्याँस विक्रेता संघ रुपन्देहीको ११ औ साधारण सभा बुटवलमा सम्पन्न भएको छ । ग्याँस विक्रेता महासंघ रुपन्देहीका अध्यक्ष प्रदिप प्रसाद पन्थको अध्यक्ष तथा ग्यास विक्रेता महासंघ नेपालका केन्द्रीय अध्यक्ष ज्ञानेश्वर अर्यालको प्रमुख आतिथ्यतामा साधारण गरिएको हो ।
साधारण सभामा बोल्दै ग्यास विकेता महासंघ नेपालका केन्द्रीय अध्यक्ष अर्यालले ग्यास विक्रेताहरुलाई सरकारले हेर्ने दृष्टिकोणमा सकारात्मक नभएको बताए । उनले बर्षौ देखि सम्बोदनशिल पेशा गर्दै आएका व्यवासायीहरुको व्यवसायीक सुरक्षाको लाग सरकारी निकाय बाट कुनै पनि ठोस कार्य नभएको गुनासो गरेका थिए ।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संघका रुपन्देही अध्यक्ष प्रदिप प्रसादपन्थले नेपालमा विभिन्न बहुराष्ट्यि कम्पनीहरुले समेत ग्यास क्षेत्रमा लगानी गर्न नमानिरहेको सन्र्दभमा ग्यास जस्तो सम्बेदनशिल व्यवसायमा मार्जिन थोरै हुँदा विक्रेताहरु बर्षौ देखि मारमा परेको बताएका थिए । उनले जसको कारण ग्यास विक्रेताहरुले जिवन धान्नको लागि पनि धौ-धौ परेको समेत गुनासो गरे ।
खाना पकाउने ग्यासलाई सकरारीले नाफा मुलक व्यवसाय भन्दा पनि सेवा मुलक व्यवसायमा राखेर सोही अनुसारको सहुलियतको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए । अध्यक्ष पन्थले भावि योजना अनुसार संघको भवन निर्माण गर्न सकिएको र त्यसलाई अझ व्यवस्थीत गरी सचिवालय सञ्चालन गर्ने योजना रहेको बताएका थिए ।नबक
यस्तै विभिन्न विद्यालयका विद्यार्थीहरुको विचमा ग्यास प्रयोग, सावधानी सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिने, दिगो आर्थिक आम्दानीको लागि स्रोत व्यवस्थापन, शाखा सञ्चालनको लागि आवश्यक तालिम समेत प्रदान गर्ने गरी कार्य अगाडी बढाउने बताएका थिए ।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले व्यवसायीको हक, हितको लागि सबै जना एक जुट भएर लाग्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा बुटवल उपमहानरपालिका वडा नम्बर १० का वडा सदस्य रमेश अधिकारी, संघका प्रदेश अध्यक्ष ईन्द्र श्रेष्ठ, संघका संस्थापक अध्यक्ष सहदेव श्रेष्ठ, नापतौल कार्यालयका मिलन केसी सहित ग्याँस विक्रेता व्यवसायीको तर्फबाट नारायण खनाल, सल्लाहकार छविलाल पाण्डे लगायतले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रम महासचिव सुर्य खनालको सञ्चालन र उपाध्यक्ष कल्पना कुँवरको स्वागतमा भएको थियो ।