
गुल्मी – गुल्मी महोत्सवमा चर्चित गायक दुर्गेश थापा हेलिकप्टर मार्फत सहभागी भएका छन् । पछिल्लो समय दर्शक श्रोता माझ लोकप्रिय गायक थापा मेला महोत्सवमा व्यस्तताका कारणले हेलिकप्टर मार्फत पुग्ने गरेका हुन् ।
आफूलाई पर्फमर बताउने थापा सिम्रिक एयरको हेलिकप्टर मार्फत गुल्मी महोत्सवमा सहभागी भएको गुल्मी चेम्बर अफ कमर्सका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बताए । थापा हेलिकप्टरबाट सोमबार दिउँसो साढे दुई बजे तम्घास आएका थिए । उनले करिब डेढ घण्टासम्म सांगीतिक प्रस्तुति दिएका हुन ।
आयोजकले थापाको आगमनले महोत्सवको रौनक अझ बढ्ने विश्वास व्यक्त गरेका छन् । उनको पछिल्लो दुस्मन हेरेको हेरै भन्ने बोलको गीतका कारण दर्शक श्रोता माझ प्रिय छन् ।
युवा पीडिमा उनको अत्यन्तै लोकप्रियता रहेको छ । थापा आउने भएपछि दोब्बर शुल्क तोकिएको थियो । थापाकाे प्रस्तुति हेर्नका लागि सामान्य टिकट शुल्क अन्य दिनभन्दा दोब्बर– २ सय रुपैयाँ र विद्यार्थीका लागि १ सय रुपैयाँ लिइएको छ । यसअघिका दिनमा महोत्सवमा सामान्य प्रवेश शुल्क १ सय रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको थियो ।
गुल्मीमा कृषि, पर्यटन उद्योग र व्यापार प्रवद्र्धन गर्न भन्दै वैशाख ५ गतेदेखि सञ्चालन भइरहेको महोत्सव वैशाख १७ गतेसम्म चल्नेछ ।