Lumbini Rise
लुम्बिनीका पहिलाे पटक प्रदेशभरिका उपप्रमुख र उपाध्यक्षहरुका लागि तालिम सञ्चालन

 


रूपन्देही –  लुम्बिनी प्रदेशका १ सय ९ पालिका उप–प्रमुख तथा उपाध्यक्षका लागि मंगलबार रुपन्देहीको लुम्बिनीमा क्षमता बिकास तालिम सञ्चालन गरिएको छ ।  लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले न्याय निरुपणमा सघाउन र आफ्नो कार्यक्षेत्रमा प्रभावकारी भूमिकाका बिषयमा सक्षम बनाउने उदेश्यले तालिम सञ्चालन गरिएको हो ।


तालिम उद्घाटनका अवसरमा सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सिनाले पालिका उपप्रमुख र उपाध्यक्षको भूमिका न्यायपालिकाको समेत रहेकाले कानुनी बिषयमा सहजीकरणका लागि तालिम गरिएको बताए । प्रदेशमा न्यायिक समितिको प्रभावकारिता कमजोर रहेकाले त्यसको प्रभावकारिताका सन्दर्भममा पनि केन्द्रीत गरी काम गर्न प्रोत्साहन गर्न पहिलोपटक कार्यक्रम गरिएको मन्त्री तिम्सिेनाले बताए । 

उक्त अवसरमा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, भगवती घिमिरे, तुलसीप्रसाद चौधरी, चन्द्रकेश गुप्ता र सामाजिक बिकास मन्त्रालयका सचिव दीवाकर भण्डारीले स्थानीय तहमा न्यायिक समितिलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । तालिममा प्रदेशभरिका पालिका उपप्रमुख र उपाध्यक्ष सहभागीता रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  २०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update