Lumbini Rise
एकिकृत ट्रेड यूनियन र पेशागत महासंघले मनायो १३६ औं श्रमिक दिवस

 

बुटवल - नेकपा एकिकृत समाजवादी निकट एकिकृत ट्रेड यूनियन महासंघ नेपाल लुम्बिनी प्रदेश तथा पेशागत महासंघ नेपाल लुम्बिनीले संयुक्त रुपमा विहिबार १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएका छन् । 

श्रमजीवी वर्गको हक, हित र अधिकार सुनिश्चित नभएसम्म मुलुकको विकास र रूपान्तरण सम्भव नहुने भन्दै यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिइएको छ । 

कार्यक्रमका प्रमुख अतिथि नेकपा एकिकृत समाजवादी रुपन्देहीका अध्यक्ष हिराध्वज शाहले अन्तर्राष्ट्रिय मजदुर दिवसको शूभकामना दिदै श्रमजीवि जनताको अधिकार रक्षाका लागि आफूहरु क्रियाशिल रहेको बताए । उनले संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि मजदुरको हक, हित र अधिकार स्थापित गर्नुपर्नेम जोड दिए ।

Samajbadi-1746111719.jpeg



यस्तै नेकपा एकिकृत समाजवादी लुम्बिनी प्रदेश सदस्य तथा उद्योगपती कमल भण्डारीले मजदुर तथा श्रमजिवि जनता सम्मानित भएको देश मात्रै सबल हुने बताए । एकिकृत ट्रेड यूनियन महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष चिनबहादुर गुरुङको अध्यक्षता, पेशागत महासंघ नेपाल लुम्बिनीका महासचिव भिमबहादुर क्षेत्रीको सञ्चालनमा कार्यक्रम भएको हो । 

कार्यक्रममा नेकपा एकिकृत समाजवादी लुम्बिनी प्रदेश सदस्य राजेन्द्र पाण्डे, पेशागत महासंघ लुम्बिनीका अध्यक्ष खगराज अर्याल, ट्रेड यूनियन महासंघ नेपाल लुम्बिनीका इन्चार्ज इन्द्रबहादुर राई लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।
 

 

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  २०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update