Lumbini Rise
ललितपुरमा दुर्घटना: सडक विभागका डिई मेघराज मरासिनिकाे जीवन संगिनिकाे मृत्यू

 

ललितपुर - ललितपुरमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको छ ।

 ललितपुर महानगरपालिका– २ सानेपास्थित सडकमा ना.६ ख ४६२४ नम्बरको ट्रकले गण्डकी प्रदेश ०३–००१ प ०४२४ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार रूपन्देही सैनामैना सालझण्डी घर भई हाल काठमाडौं किर्तिपुर बस्ने  ४० वर्षीया नम्रता ज्ञवाली मरासिनीको मृत्यु भएको हो। मृतक नम्रता सडक डिभिजन कार्यलय बुटवलका पुर्व प्रमुख तथा सडक विभागका डिभिजन ईञ्जिनयिर मेघराज मरासिनिकी श्रीमती हुन् ।

पठाओबाट किर्तिपुर फर्कदै गर्दा दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकलचालक र ट्रकचालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान  भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  २३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update