३२औं विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाण्डौ – ३२औं विश्व प्रेस स्वतन्त्रता दिवस, आज नेपालमा पनि मनाइँदैछ । हरेक वर्ष ‘मे’ ३ तारिखका दिन औपचारिकरुपमा विश्वभर यो दिवस मनाउने गरिन्छ ।
नामिवियाको विण्डहक शहरमा सन् १९९१ मा सम्पन्न अफ्रिकाका पत्रकारहरुको सम्मेलनले ‘मे’ ३ का दिन स्वतन्त्र प्रेसका सम्बन्धमा एक घोषणापत्र जारी गरेको दिनलाई स्मरण गर्दै संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९९३ देखि विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा विश्वभर मनाउन थालिएको हो ।
युनेस्कोले यसवर्ष अर्थात सन् २०२५ का लागि‘टाईम टु पुट एआई अन द सोसल एजेन्डा’ नारा तय गरेको छ । यसको अर्थ एआई अर्थात् ‘कृत्रिम बौद्धिकता’ लाई सामाजिक एजेन्डाका रुपमा राख्ने समय आएको छ भनेर बुझ्न सकिन्छ । नेपाल पत्रकार महासंघले आज देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाउँदै छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२ ०९:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय