
बुटवल – रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजना र स्टर्लिङ इन्टरनेसनल कलेज अफ हस्पिटालिटीको समन्वयमा रुपन्देही आसपासका क्षेत्रमा विभिन्न होटलमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिका लागि १६ दिने ९९६ घण्टे० निःशुल्कवेटर/वेट्रेस तालिमको बुटवलमा शुभारम्भ गरिएको छ ।
रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा बोल्नु हुँदै वहाँले हस्पिटालिटी क्षेत्र पर्यटन सेवा उद्योगको मेरुदण्ड भएकाले वेटर/वेट्रेसको भूमिका,अतिथि सन्तुष्टि र संस्थाको छविमा निर्णायक हुने कुरा औल्याउँदै यस तालिमबाट सहभागीहरुले आफ्नो व्यवहार ,समय व्यवस्थापन, स्वच्छता र ग्राहक सेवा सम्बन्धी महत्वपूर्ण सीप आर्जन गर्ने उल्लेख गरे ।
यो तालिम केवल केहीदिनको प्रक्रिया नभई भविष्य निर्माण तर्फको कदम भएको र यसको साथसाथै सेवा दिन सक्ने व्यवहार मिठो बोली र व्यवसायिक ढंगले काम गर्न सक्ने क्षमता नै प्रशिक्षार्थीहरूको सबैभन्दा ठूलो सम्पत्ति भएको बताउनुुहुँदै सिपयुक्त जनशक्तिको उत्पादन गर्न रूपन्देही उद्योग संघले विभिन्न तालिमको आयोजना गर्दै आएको बताए । स्टर्लिङ इन्टरनेसनल कलेज अफ हस्पिटालिटीका प्रबन्ध निर्देशक धिरेन राकस मगरले हस्पिटालिटी क्षेत्रको महत्व, सीप अभिवृद्धिको आवश्यकता र प्रेरणा सहित अभिमुखीकरण गरेको थियो ।
प्रशिक्षकको रूपमा रहनु भएका हरि गिरीले तालिममा सिकाइने मुख्य विषयहरू टेबल सर्भिस,ग्राहकसँगव् यवहार, शिष्टाचार,आत्मविश्वास, समय व्यवस्थापन ,सञ्चार,सफाई र समूहमा काम गर्ने सिपहरु बारे जानकारी गराउदै सहभागीहरुलाई सक्रिय र अनुशासित भएर तालिममा सहभागी हुन प्रेरित गर्दै तालिम सफल बनाउने सबैको सहकार्य जरुरी भएको बताए ।
रुपन्देही उद्योग संघ शिप विकास इकाईका कार्यक्रम अधिकृत प्रदीप पन्थीले कार्यक्रममा सहभागीहरूलाई स्वागत गरेका थिए।
रुपन्देही उद्योग संघ शिप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजालको सञ्चालनमा भएको कार्यक्रममा १७ उद्योगबाट २० जनाको सहभागिता रहेको छ । ग्राहक सेवा गुणस्तर सुधार गर्दै व्यवहारिक तथा व्यवसायिक सिपहरू विकास गर्ने, आत्मविश्वास अभिवृद्धि गर्ने र स्वच्छता तथा सुरक्षा सम्बन्धी ज्ञान प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको रुपन्देही उद्योग संघले जनाएको छ ।