Lumbini Rise
मेत्ता गुरुकुल विद्याश्रमले मनायो २१ औं बार्षिकोत्सव 

 

लुम्बिनी  -  बुद्धजन्मस्थल लुम्बिनीमा अवस्थित मेत्ता गुरुकुल विद्याश्रमले २१ औं बार्षिकउत्सव तथा सम्मान कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । अन्र्तराष्ट्रिय बौद्ध समाजका प्रमुख भिक्षु मैत्री महास्थविरको प्रमुख आतिथ्यतामा बार्षिकोत्सव समारोह गरिएको हो ।

उक्त अवसरमा विद्यालयलाई विभिन्न तहबाट सहयोग गर्ने विभिन्न क्षेत्रका व्यक्तिहरुलाई समेत सम्मान गरिएको छ । राजकीय थाई विहारका प्रमुख भन्ते सुपोथ सहित चिनियाँ बौद्ध विहारका प्रमुख, राजकीय बुद्ध विहारका प्रमुख भिक्षु सागरधम्म, गौतमी भिक्षुणी विहारका खमेसी गुरुमा, बरिष्ठ पुरातत्वविद बसन्त विडारी, पर्यटन व्यवसायी गोविन्द ज्ञवाली, योग गुरु गोविन्द प्रसाद सुवेदी, विदेशी रोव स्टेपि लगायतलाई सम्मान गरिएको थियो । 

vanthe-1747411279.jpg



उक्त अवसरमा बोल्दै प्रमुख अतिथि भिक्षु महास्थविरले मेत्ता विद्यालयले लुम्बिनी क्षेत्रका बालबालिकाहरुलाई बौद्ध शिक्षाको जागरणमा समेत सहयोग गरेको बताए ।

यस्तै विद्यालयका संस्थापक एव्म लुम्बिनी विकास कोषका पूर्व उपाध्यक्ष भिक्षु मैत्तयले लिखित शूभकामना मार्फत आँपको रुखमुनीबाट स्वयसेविहरुको सहयोगमा मेत्ता स्कुल शुरु भएको स्मरण गर्दै विशाल शिक्षालयको रुपमा स्थापना भएको बताए ।

२६ सय बर्ष पहिला भगवान बुद्धको जन्म भएको ठाउँमा बहुजन हिताय, बहुजन सुखायको लक्ष्य लिएर सामाजिक क्रान्तिका लागि विद्यालय स्थापना भएको स्मरण गर्दै संस्था भिक्षु मेत्तयले यो अभियानमा सहभागी सबैलाई आभार व्यक्त गरे । 


कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री सिके गुप्ता, लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्धिन मुसलमानले मेत्ताले २१ ब्र्षको अवधिमा लुम्बिनीमा शिक्षा क्षेत्रमा बिशिष्ट योगदान गरेको बताए । कार्यक्रममा विद्यालयको परीक्षणमा उत्कृष्ट अंक ल्याएका विद्यार्थीहरुलाई समेत पुरस्कृत र सम्मान गरिएको विद्यालयका निर्देशक भोला प्रसाद गुप्ताले जानकारी दिए । 

2-4-1747411283.jpg



बार्षिकोत्सव समारोह अनुला गुरुमाको अध्यक्षता तथा सिता भट्टराईको सञ्चालनमा सम्पन्न भएको हो । मेत्ता गुरुकुल विस २०६१ साल जेठ २ गतेसार्वजनिक शैक्षिक संस्था अन्तर्गत स्थापनमा भएको हो । कक्षा १० सम्म पढाई हुने यहाँ ६२५ जना विद्यार्थीहरु अध्ययनरत छन् । 

0-1747411282.jpg



 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  २१:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update