Lumbini Rise
युवा संघमा थेवे र पुरी प्यानल चुनावी मैदानमा, आज उम्मेदवार फिर्ताको समय तोकियो 

कास्की -  पोखरा मा एमालेको राष्ट्रिय युवा सङ्घको चुनावी प्रतिस्पर्धामा १९९ जना उम्मेदवारले भाग लिएका छन्। निर्वाचन प्रक्रिया अन्तर्गत मनोनयन, दाबी, विरोध र उम्मेदवारी फिर्ताको कार्य सोमबार सम्पन्न हुनेछ र मतदान सोही दिन सुरु हुने अपेक्षा छ।

नेताहरूले उम्मेदवारहरूको परिचय, रणनीति र आकर्षणका विषयमा बैठक र निर्देशन दिएका छन्। १२ जेठ, पोखरा । एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घमा दुई प्यानलै चुनावी प्रतिस्पर्धामा जाँदा नेतृत्व, पदाधिकारी र सदस्यमा समेत गरेर १९९ जनाको उम्मेदवारी परेको छ।

पदाधिकारी ९ जना सहित १ सय ५१ जनाको केन्द्रीय समिति, ४ वटा विभागमा अध्यक्ष, उपाध्यक्ष र सचिव गरेर १६३ पदमा ३९९ जनाको उम्मेदवारी परेको हो । शुक्रवारदेखिको सर्वसम्मत गर्ने रस्साकस्सी विफल भएपछि प्रतिनिधिको दबाबबिच आइतबार उम्मेदवारी मनोनयन भएको थियो ।

अध्यक्षमा क्षितिज थेबे र सुमन पुरीको प्यानलबिच चुनाव हुने भएको छ। थेबेलाई नै दोहोर्‍याउन दबाब र प्रयास गरिएको भए पनि निवर्तमान सुमन पुरीले मैदान नछाडेपछि मतदानमा जाने गरी मनोनयन भएको हो।

प्यानलै मनोनयन दर्ता भएर प्रारम्भिक उम्मेदवारहरूको सूची सार्वजनिक गरिएको छ ।तर, दाबी विरोध, उम्मेदवारी फिर्ताको समय भने सोमबार बिहान मात्र प्रदान गरिने निर्वाचन अधिकृत चिरञ्जीवी पोखरेलले जानकारी दिए । नेताहरूले केही निर्णय, निर्देशन गर्न सक्ने भएकाले पनि आइतबार राति नै दाबी, विरोध र उम्मेदवारी फिर्ताको काम नटुंग्याइएको नेताहरूको भनाइ छ ।

निर्वाचन अधिकृत पोखरेलका अनुसार पदाधिकारीका लागि परेको मनोनयनमा अध्यक्ष क्षितिज र सुमनको मात्र परेको छ भने उपाध्यक्षमा भने ३ जनाको उम्मेदवारी परेको छ । क्षितिज समूहबाट उपाध्यक्षमा माहाराज गुरुङ, सुमन समूहबाट प्रकाश गौतम र राजन थापाले स्वतन्त्र रूपमा मनोनयन गराएका हुन् ।

महासचिवमा भने क्षितिजको प्यानलबाट महेश चौलागाईं, सुमनको प्यानलबाट कुबेर अधिकारीको मात्र उम्मेदवारी परेको छ । उपमहासचिवमा क्षितिज प्यानलबाट उपेन्द्र शाही र सुमन प्यानलबाट खेम शर्माले उम्मेदवारी दिएका छन् ।

१५१ जनाको केन्द्रीय कमिटी, लेखा, अनुशासन, निर्वाचन र युवा विज्ञ आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिवको समेत गरेर ३ सय ९९ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीसहित नेताहरूको दबाबले पनि सर्वसम्मत हुन नसकेको हो ।

ओलीले क्षितिजलाई नै अध्यक्षमा दोहोर्‍याउन निर्देशन दिएको भए पनि अर्का अध्यक्षका आकाङ्क्षी सुमनलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले साथ दिँदा मतदानबाटै नेतृत्व टुङ्ग्याउने गरी प्रक्रिया अगाडि बढाइएको हो ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  ०७:३६
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update