Lumbini Rise
कपिलबस्तुमा ग्याँस चुहिएर आगलागी हुदा दाजू वहिनीकाे मृत्यू

कपिलबस्तु-  कपिलवस्तुमा ग्याँस चुहिएर आगाे लाग्दा दाजू वहिनीकाे मृत्यू भएकाे छ ।  शुद्धोधन गाउँपालिका– ५ जयनगरामा
पर्शुराम यादवको घरमा आइतबार बिहान खाना बनाउने क्रममा रेगुलेटरबाट ग्यास लिक भएर आगलागी भएको हाे । 

आगलागीमा परी यादवका २४ वर्षीय छोरा शिवकुमार र १८ वर्षीया छोरी सोनम यादव गम्भीर घाइते भएका थिए । घाइते शिवकुमारको भारतको गोखरपुर लैजादै गर्दा र सोनमको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारको क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनमणि अधिकारीले जानकारी दिए ।

उनीहरू सहोदर दाजु-बहिनी रहेकाे डीएसपी अधिकारीले बताए ।​ आगलागीबाट शिव कुमारको  ८५ प्रतिशत शिरीर र सोनमको ७५ प्रतिशत शिरीरकाे भाग जलेको थियो।

मृतक सोनम यादव नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मुरफुटवामा कक्षा १० अध्ययनरत विद्यार्थी हुन् । 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १२:५८
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update