
बुटवल– विश्व रक्तदाता दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज रुपन्देही र नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको संयुक्त आयोजनामा शनिबार रक्तदान कार्यक्रम गरिएको छ । बुटवल स्थित ब्लड बैंकमा आयोजना गरिएको कार्यक्रममा ४६ जनाले रक्तदान गरेकाछ न् । कार्यक्रममा स्वयंसेवी रक्तदाता सहकारीले सहकार्य गरेको थियो।
मानवअधिकार तथा शान्ति समाज रुपन्देही सभापति अर्जुन ज्ञवालीले उच्चतम मानवीय कार्य रक्तदानमा निरन्तर सन्लग्न रक्तदाताहरु सदैव आदरणीय र सम्मानित भएको उल्लेख्य गर्दै उदाहरणीय कार्यको अनुसरण गरेर रक्त अभावलाइ सधैको लागि हटाउनपर्नेमा जोड दिए । उनले मानवअधिकारको पहिलो शर्त मानिस स्वस्थ भएर बाच्न्न पाउने अधिकार सुरक्षीतको लागि रगत प्रयाप्त र निशुल्क हुनुपर्ने बताए । ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौवान क्षेत्रीले विश्व रक्तदाता दिवस सम्पूर्ण रक्तदाताहरुको उत्साह दिन भएको बताए । नेपालमा रक्तदान कार्यमा ऐक्यबद्धता जनाऔं, जीवन बचाउने अभियानमा सहभागी बनौं भन्ने नाराका साथ नेपालमा विश्व रक्तदाता दिवस मनाइएको उनले बताए । रक्तदाताहरुको सहभागीमा स्थापना भएको स्वयंसेवी रक्तदाता सहकारीको सदस्यता लिन पनि सबैलाई अध्यक्ष चौहानले आग्रह गरे ।
कार्यक्रम संयोजक तुल्सा न्यौपानेले रक्तदान दिने सबैलाई आभार व्यक्त गर्दै महान कार्यमा सबैको सहकार्यले उर्जा मिलेको बताउदै रगत अभाव हुन नदिन आगामी दिनमा निरन्तर सहकार्यमा रक्तदानका कार्यक्रम संचालन गर्न सकिने बताईन ।
रक्तदाता शान्ति समाज रुपन्देहीका निवर्तमान सभापति कृष्ण भट्टराईले विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान गर्न पाउदा खुशी व्यक्त गर्दै कार्यक्रम आयोजना गरेकोमा शान्ति समाज रुपन्देही र रक्तदाता समाज रुपन्देहीलाइ कृतज्ञता व्यक्त गरे ।
कार्यक्रममा शान्ति समाज रुपन्देहीका सभापति अर्जुन ज्ञवाली, शान्ति समाज रुपन्देहीका उपसभापति कृष्ण पाण्डे, केन्द्रिय सदस्य रत्ना कंडेल, सदस्य सागर भुसाल, रक्तदाताहरु, समाजसेवीहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन शान्ति समाज रुपन्देही सचिव लिलाधर लुइँटेलल लगायतले बोलेका थिए ।