होटल मक्रयोर इटालियन खुल्यो

काठमाडौं– होटल मक्र्योर काठमाडौंमा इटालियन रेस्टुरेन्ट ‘सोप्रा इटालियानो’ खुलेको छ । होटल सुकेधार हाइट्समा छ । यो रेष्टुरेन्टमा इटालीका विभिन्न स्वादका खानाहरु उपलब्ध रहेको जनाइएको छ ।
रेष्टुरेन्टमा अतिथिहरूले हातले बनाएका पिज्जा, ताजा घरमै बनाइएका पास्ता, र समृद्ध इटालियन मिठाईको स्वाद लिन सक्ने छन् । यी सबै परिकार उच्च गुणस्तरका सामग्रीबाट तयार पारिने जनाइएको छ ।
नेपालका लागि फ्रान्सेली राजदूत भर्जिनी कोर्टेभलले उद्घाटन गरेको यो रेस्टुरेन्ट आउटलेट इटालियन खानाका पारखीका लागि नयाँ र उत्कृष्ट गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: सोमबार, चैत ११, २०८१ १९:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय