Lumbini Rise
लुम्बिनीमा निरन्तर सेवा दिदै हाेक्के हाेटल

 


लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनीको पूरानो र चर्चित होटलको नाम हो होक्के । लुम्बिनी गुरुयोजना परिसरभित्र रहेको यो होटल होक्के क्लव जापानले सन् १९९१ मा सञ्चालनमा ल्याएको हो।लुम्विनी विकास कोषबाट ५० वर्षका लागि जग्गा भाडामा लिएर जापानीज क्लवले होटल चलाउँदै आएको छ । १६० बाई १६० मिटर क्षेत्रफलमा फैलिएको होटल लुम्बिनी पुग्ने पर्यटकका लागि उपयुक्त छ ।  

होटलका रुमहरु जापानीज र वेष्टर्न स्टाइलमा छन् । सबै कोठाहरु सुपर डिलक्स हुन् । यहाँ बस्नका लागि सार्क मुलुकका पर्यटकले ६० अमेरिकी डलर, विदेशीले ९० देखि १०० डलर र नेपालीले ५ हजार रुपैयाँ तिर्नुपर्छ ।


जापानीजले खोलेको हुँदा यहाँ आउने पर्यटक बढी जापानीज नै हुने गर्छन् । यसको अलावा भारतीय, नेपाली र सार्क तथा अन्य मुलुकबाट पनि उत्तिकै आउने गर्छन् । पछिल्लो समय यहाँ नेपालीहरु समेत बास बस्ने गर्दछन । 

लुम्बिनी विकास कोषले समेत ठूला कार्यक्रम गर्नुपरेमा यहाँ नै कार्यक्रम गर्ने गर्छ । लुम्बिनीमा कुनै बेला पर्यटक बस्न नपाउने भएपछि मुख्य गरी विदेशीहरुलाइ लक्षित गरि होटल स्थापना गरिएको हो । यहाँ हेलिप्याड समेत छ । 

होटलको सानो थुम्का आकारमा बनेकाले बास बस्न र यहाँ बसेर रमाउन सकिन्छ । होटलमा बास बस्नेहरुले सारससँग रमाइलो समेत गर्न पाउँछन ।

 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update