गुल्मीमा जंगली च्याउ खादा एकै घरका ३ जना बिरामी

गुल्मी – गुल्मीमा जंगली च्याउ खादा एकै घरका तीन जना विरामी भएका छन् । मुसिकोट नगरपालिका–४ दिगामचौरका ६८ वर्षीया फुलमाया कुमाल, ७६ वर्षीय थम्मन बहादुर कुमाल र ३६ वर्षीया गीता कुमाल जंगली च्याउ खादा बिरामी भएका हुन् । यी सबै एकै घरका सदस्य हुन् ।
च्याउको तरकारी खाएपछि उनीहरूलाई बान्ता हुने र पेट दुख्ने समस्या देखिएको प्रहरीले जनाएको छ । बिरामीहरुको पाल्पाको लुम्बिनी मेडिकल कलेज उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए ।
चिकित्सकको भनाइ उद्धृत गर्दै प्रहरीले दिएको जानकारी अनुसार उनीहरुको अवस्था मध्यम छ । गुल्मी प्रहरीले जंगलमा पाइने कतिपय च्याउ विषालु हुने भएकाले विशेष ध्यान पुर्याउन अनुरोध गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२ ०९:१४
प्रतिक्रिया दिनुहोस्