गुल्मीमा जंगली च्याउ खादा एकै घरका ३ जना बिरामी
शुक्रबार, असार १३, २०८२
गुल्मी – गुल्मीमा जंगली च्याउ खादा एकै घरका तीन जना विरामी भएका छन् । मुसिकोट नगरपालिका–४ दिगामचौरका ६८ वर्षीया फुलमाया कुमाल, ७६ वर्षीय थम्मन बहादुर कुमाल र ३६ वर्षीया गीता कुमाल जंगली च्याउ खादा बिरामी भएका हुन् । यी सबै एकै घरका सदस्य हुन् । च्याउको तरकारी खाएपछि उनीहरूलाई बान्ता हुने र पेट दुख्ने समस्या देखिएको प्रहरीले जनाएको छ । बिरामीहरुको पाल्पाको लुम्बिनी मेडिकल कलेज उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए ।