Lumbini Rise
रूपन्देहीबाट ८७  जनाले ल्याए चार जिपिए ( विद्यालयहरुकाे नाम सहित) 

बुटवल- माध्यमिक शिक्षा परीक्षा (एसईई) मा रूपन्देहीका विद्यालयहरुले उत्कृष्ट अंक सहित धेरै विद्यार्थी उतीर्ण गराउन सफल भएका छन् । राष्ट्रियस्तरमा एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड हुँदा रुपन्देहीले १० प्रतिशत बढि अर्थात ७१.१ प्रतिशत ग्रेडेड नतिजा निकालेको छ ।

शिक्षा विकास तथा समन्वय ईकाई रुपन्देहीका प्रमुख माधव बन्जाडेका अनुसार जिल्लाभर ८७ विद्यार्थीहरुले ४ जीपीए अंक ल्याएका छन् । देशभरबाट चार जीपीए ल्याउने विद्यार्थी ५४० जना छन् । 

गत वर्षभन्दा रुपन्देहीमा एसईईको नतिजा २५ प्रतिशतले बृद्धि भएको उनले बताए । रुपन्देहीके तिलोत्तमामा रहेको सामुदायिक स्कूल शान्ति नमूना माध्यमिक विद्यालयका १८ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेर नयाँ रेकर्ड कायम गरेका छन् ।

विद्यालयबाट ६०९ जना विद्यार्थी परीक्षामा सहभागी थिए, जुन विद्यार्थी संख्या नेपालमै सबैभन्दा धेरै थियो । यस्तै बुटवल स्थित न्यू होराइजन माविबाट  ११ जना विद्यार्थीले चार जिपिए ल्याएका छन् । यस्तै नेपालमै सबैभन्दा धेरै विद्यार्थी रहेको कालिका मानवज्ञान मावि बुटवलबाट ७ जना विद्यार्थीले चार जिपिए ल्याएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताए ।

यसैगरी रुपन्देहीका अक्सफोर्ड माविबाट १०, सैनामैना नमुना माविबाट, न्यू लुम्बिनी इङलिस बोर्डिङ स्कुल, देवदह ४, नयाँगाउँ मा.वि. बुटवलबाट ३ जना, गार्गी एकेडेमी बुटवलबाट २, दीप बोर्डिङ हाई स्कुल, बुटवलबाट २ जना विद्यार्थीले चार जिपिए ल्याएका हुन् । 

चार जिपए ल्याउने विद्यालयहरु 
शान्ति नमुना मा. वि. तिलोत्तमा - १८ जना
न्यू होराइजन मा. वि. बुटवल - ११ जना
अक्सफोर्ड मा. वि. बुटवल - १० जना
कालिका मानवज्ञान मा. वि. बुटवल - ७ जना
सैनामैना नमुना मा. वि. - ४ जना
न्यू लुम्बिनी इङलिस बोर्डिङ स्कुल, देवदह - ४ जना
नयाँगाउँ मा.वि. बुटवल - ३ जना
गार्गी एकेडेमी बुटवल - २ जना
दीप बोर्डिङ हाई स्कुल, बुटवल - २ जना
नवरत्न मा. वि. बुटवल - २ जना
तिनाउ बोर्डिङ स्कुल- बुटवल - २ जना
प्रभात इङलिस बोर्डिङ स्कुल - सैनामैना - २ जना
न्यू इनभाईरन्मण्ट इङलिस बोर्डिङ, मणिग्राम - १ जना
रामापुर मा. वि. सैनामैना - १ जना
कान्ति मा. वि. बुटवल - १ जना
जनकल्याण मा. वि. सैनामैना - १ जना
ड्रिम भिजन स्कुल, सौफर्साटिकर - १ जना
सुनगाभा पब्लिक मा. वि. सैनामैना - १ जना
सैनामैना मेमोरियल, सैनामैना - १ जना
सिद्धेश्वर लालकुमारी मा. वि. बुटवल - १ जना
नविन औद्योगिक मा. वि. बुटवल - १ जना
होराईजन गौतमबुद्ध मा. वि. तिलोत्तमा - १ जना
एभरेष्ट इङलिस बोर्डिङ स्कूल बुटवल - १ जना

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  ०९:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update