रूपन्देहीबाट ८७ जनाले ल्याए चार जिपिए ( विद्यालयहरुकाे नाम सहित)
शनिबार, असार १४, २०८२
बुटवल- माध्यमिक शिक्षा परीक्षा (एसईई) मा रूपन्देहीका विद्यालयहरुले उत्कृष्ट अंक सहित धेरै विद्यार्थी उतीर्ण गराउन सफल भएका छन् । राष्ट्रियस्तरमा एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड हुँदा रुपन्देहीले १० प्रतिशत बढि अर्थात ७१.१ प्रतिशत ग्रेडेड नतिजा निकालेको छ ।शिक्षा विकास तथा समन्वय ईकाई रुपन्देहीका प्रमुख माधव बन्जाडेका अनुसार जिल्लाभर ८७ विद्यार्थीहरुले ४ जीपीए अंक ल्याएका छन् । देशभरबाट चार जीपीए ल्याउने विद्यार्थी ५४० जना छन् ।