Lumbini Rise
बुटवलमा सवारी दुर्घटनामा परि तिलोत्तमाका वडा सदस्य पाठकको मृत्यू



 

बुटवल - रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ का वडा सदस्य खेमराज (रामकृष्ण) पाठकको सवारी दुर्घटनामा परि मृत्यू भएको छ।
तिलोत्तमा नगरपालिका वडा नं २ जानकीनगरका स्थायी बासिन्दा पाठक जानकीनगरबाट बुटवल जानेक्रममा बुटवल उपमहानगरपालिका वडा नं १० चौराहमा दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय बुटवलका इन्स्पेक्टर धर्मराज खत्रीले जानकारी दिए।


ईलाका प्रहरी कार्यालय बुटवलका इन्स्पेक्टर खत्रीका अनुसार आज दिउँसो ३स्३३ बजे आफैंले चलाएको लु ३६प ८४४८ नम्बरको मोटरसाईकलमा बुटवल तर्फ जांदै गरेका पाठकले बा ०१०३१च ५००२ नम्बरको कारलाई उछिन्ने क्रममा उक्त दुर्घटना भएको हो।
 

दुर्घटनामा गम्भीर घाइते भएका पाठकलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। ईभी र ईभी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको बताए ।

 

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  २३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update