Lumbini Rise
पूर्वराजा ज्ञानेन्द्रलाइ सुझाव : यस्तो ‘कमाण्डर’ ले किमार्थ सक्दैन !
बरिष्ष्ठ पत्रकार विजय कुमार

विजय कुमार पाण्डेय

पोखराबाट फर्कदा पुर्वराजाको (वा शेखर कोइरालाको शब्दभावमा राजा) स्वागतमा एयरपोर्ट आएका जनताको तुलनामा , हिजो फगत एक चौथाई मान्छे तिनकुनेमा जम्मा भएका थिए । त्यसपछि जे भयो जगजाहेर छ ।

अरुले होइन , आदरणीय पुर्वराजाले स्यवम बुझ्नु पर्छ । नेपालमा कदाचित राजसंस्था फर्काउने नै हो भने पनि  यस्तो ‘कमाण्डर’ ले किमार्थ सक्दैन ।जो आफ्नो गाडी प्रहरीमाथी हुइकाएर निषेधित धेरा तोड्छ र तथानाम फोहर गाली-गलौच गर्दै मैदानबाट भाग्छ ।

आदरणीय पुर्वराजाको व्यक्तित्वको शिष्टता, बिनम्रता र धैर्यको रत्तिभर अंश नभएको मानिस कसरी राजसंस्था फर्काउने आन्दोलनको ‘कमाण्डर’ हुन सक्छ ?

कमाण्डर पनि कस्तो ? चार जना पुलिसले खोज्ने बित्तिकै फरार हुने मान्छे पनि कमाण्डर हुन्छ ? खोई त रवीन्द्र मिश्र त लुक्नु भएन, धवल शम्शेर त लुक्नु भएन ।

साथै, हिजो तिनकुनेमा निजी घरको छाना माथी चढेर , प्रहरीले अकारण अश्रुग्यास प्रहार गरेर , प्रदर्शनकारीलाई उत्तेजित बनाएको कुरा समाचारमा आएको छ । यो अत्यन्त गम्भीर बिषय हो । यो कुराको निष्पक्ष न्यायिक जांच हुन जरुरी छ ।

साथै निजी सम्पत्ती लुटपाट गर्ने , आगजनी गर्ने र मिडिया संस्थानहरुमा हिंसक आक्रमण गर्ने , गराउनेहरुमाथी राज्यले , समाजले एक स्पष्ट र स्थिर द्रश्टिकोण बनाउनै पर्छ ।

आन्दोलनका क्रममा तीनकुनेमा गोली लाग्दा कीर्तिपुरका ३१ वर्षीय सविन महर्जनको मृत्यु भएको छ। तीनकुनेमा आगजनीमा परेको घरमा एभिन्युज टिभीका क्यामेरापर्सन सुरेश रजकले ज्यान गुमाए ।

पक्षबिपक्षका टिप्पणीकारहरुका लागी , उनीहरु दुबै जना केही समय उत्तेजना र चर्चाका बिषय हुनेछन। मेरो मन र प्रार्थना चाही यस बखत उनका परिवारजनका साथ छ । अरुका लागी उनीहरु मृतक संख्या हुनेछन तर परिवारका लागी आजन्म मनको घाउ बनेर बांच्ने छन ।

रुपचन्द्र बिष्टलाई सम्झदै छु , जस्ले दसकौ अघि मलाई भनेका थिए - ‘ आफ्नो जिउमा हल्का घाउ , हल्का खत पनि नलागोस , अरुका छोराछोरी शहिद भएको समाचार दिनहु सुन्न पाउँ, भन्ने रहर गर्ने मान्छेहरुको ठाउ हो यो । बुझिस ! '

लोकतन्त्रको सुन्दरता भनेकै विचारहरुको विविधता हो । तर विविध विचारहरुको द्वन्द कसरी हल गर्ने ? कुन माध्यमबाट गर्ने ? यो कुराको निर्णय गर्न हामीले , बिशेषत दुबै पक्षको नेत्रित्वमा रहेका बिवेकीहरुले शान्त भावले , उदार र वस्तुगत बिश्लेषण र कठोर निर्णय गर्नुपर्छ । र , यसरी आएको निर्णयलाई लागु गराउन हिचकिचाउनु हुन्न ।

मेरा नियमित दर्शकलाई सम्झना हुन सक्छ , एक बर्ष अघि नै हामीले ‘ के राजा फर्कन्छन ? ‘ भन्ने पोडकास्ट गरेका थियौ । त्यस बखत , त्यसलाई दुबैतिरका केही ‘बोदिक जानिफिकार’ ले हांसेर उडाएका पनि थिए । केही छैन । जीवन यस्तै हो । जीवनले कहिले उचाल्छ , कहिले थचार्छ । दुबै अवस्थामा समभाव राख्न सक्नुमा जीवनको सार्थकता छ ।

म त्यो पोडकास्टको भाग-२ केही दिनमा ल्याउने छु ।

व्यक्तिगत रुपले भन्ने हो भने , मलाई हिजो राती देखी ज्वरो आएको छ । बिहान सिटामोल खाएर यति लेखे । मलाई केही कुराहरु लेखेरभन्दा भिडियो पोडकास्टबाट अभिव्यक्त हुन सजिलो लाग्छ । सन्चो भए पछी पोडकास्ट गरौला । अहिलेलाई संजालमा यति लेखे ।

संजाले वातावारण तातेको छ , तर अनुभवले मलाई जटिल परिस्थितिमा धेरै नतात्न सिकाएको छ । फगत तातेर दुनियामा केही हुन्न भन्ने मेरो अनुभव छ ।

- विजयकुमार पाण्डेकाे फेसबुकवालबाट

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update