Lumbini Rise
ठुलाखर्क सेवा समाजको बुटवल भेलाः नेतृत्व चयनदेखि तीजको रमाइलो सम्म!

बुटवल - सामाजिक एकता र संस्कृतिक उत्सवको अनुपम उदाहरण बनेको ठुलाखर्क सेवा समाजको चौथो वार्षिक साधारणसभा, दोस्रो अधिवेशन तथा तीज मिलन कार्यक्रम शनिबार बुटवलमा भव्यताका साथ सम्पन्न भएको छ ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ स्थित ठुलाखर्कलाई जन्मभूमि बनाएर रुपन्देही, नवलपरासी, कपिलवस्तु तथा आसपासका क्षेत्रमा बसोबास गर्दै आएका व्यक्तिहरूद्वारा स्थापित समाजले यस पटकको कार्यक्रमलाई एकैसाथ सामाजिक उत्तरदायित्व र सांस्कृतिक पहिचानको उत्सव बनाएको छ ।

कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष टामलाल ज्ञवालीले गरेका थिए भने उद्घाटन संरक्षक अर्जुन ज्ञवालीले गरेका थिए । अध्यक्ष टामलाल ज्ञवालीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष लक्ष्मण ज्ञवालीको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गर्दै साधारणसभाले आगामी तीन वर्षका लागि नेतृत्व चयन गरेको हो ।

पुनः अध्यक्षमा टामलाल ज्ञवाली सर्वसम्मत चयन हुँदा उपाध्यक्षमा घनश्याम ज्ञवाली, महासचिवमा किशोर ज्ञवाली, कोषाध्यक्षमा लक्ष्मण ज्ञवाली र सहसचिवमा सावित्रा घिमिरे ज्ञवाली पनि सर्वसम्मत चयन भए । नयाँ कार्यसमितिका सदस्यहरूमा गोकराज ज्ञवाली, हेमनाथ ज्ञवाली, सुमन ज्ञवाली, गोपाल ज्ञवाली, रामचन्द्र ज्ञवाली, प्रकाश ज्ञवाली, सिर्जना ज्ञवाली, शान्ता ज्ञवाली, रेखा ज्ञवाली र विमला पौडेल ज्ञवाली रहेका छन् ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दैै समाजका संरक्षक अर्जुन ज्ञवालीले छोटो समयमै ठूलाखर्क सेवा समाज स्थापित संस्था बनेको र यसले गरेका सन्देशमूलक कार्यक्रम सबैका लागि प्रेरणा भएको बताए । 

सभामा समाजका उपाध्यक्ष घनश्याम ज्ञवाली, हेमनाथ ज्ञवाली, सहसचिव सावित्रा घिमिरे ज्ञवाली, सदस्य हेमनाथ ज्ञवाली लगायतका वक्ताहरूले संस्थाको योगदान र भावी योजनाका विषयमा मन्तव्य राखेका थिए ।

कार्यक्रमको दोस्रो चरणमा आयोजित तीज मिलन कार्यक्रममा भने माहोल थप रंगीन बनेको थियो। परम्परागत पहिरनमा सजिएका महिलाहरूको उपस्थितिले हलमा उत्सवमय वातावरण सृजना भएको थियो। गीत, नृत्य र हास्यव्यंग्यको संगालोले तीजको झल्को मात्र दिएको थिएन, आपसी भेटघाट र सुमधुर सम्बन्धको सेतु पनि बनाएको थियो।

अध्यक्ष ज्ञवालीले तीज मिलन कार्यक्रमलाई निरन्तरता दिँदै समाजले भविष्यमा अझ प्रभावकारी गतिविधिहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
 

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update