Lumbini Rise
२६ सय भन्दा बढीमा डेङ्गु पुष्टि, सबैभन्दा बढी गण्डकी प्रदेशमा


काठमाडौँ- पुस यता दुई  हजार छ सयभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा।गोकर्ण दाहालले पुस यता ७४ जिल्लाबाट दुई  हजार ६३५ जनामा डेङ्गु पुष्टि भएको जानकारी दिए । 

उनका अनुसार हालसम्म डोल्पा, हुम्ला र मनाङ जिल्लामा डेङ्गु सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएको छैन । डेङ्गु सङ्क्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा ७७९ जनामा डेङ्गु पुष्टि भएको छ । त्यसैगरी, बागमतीमा ५४५, कोशीमा ४६१, लुम्बिनीमा ४२३, सुदूरपश्चिममा ३२५, कर्णालीमा ५६ र मधेशमा ४६ जनामा डेङ्गु पुष्टि भएको डा।दाहालले जानकारी दिए।   

चिकित्सकका अनुसार डेङ्गु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ। एडिज जातका लामखुट्टे सफा पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्दछ ।

सरुवा रोग विशेषज्ञ डा।शेरबहादुर पुनका अनुसार असाध्यै शरीर दुख्ने, खाना खान मन नलाग्ने, पखाला लाग्ने डेङ्गुका प्रमुख लक्षण हुन्। 

त्यो बाहेक उच्च ज्वरो आउने, जोर्नी र मांशपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्ता हुने जस्ता लक्षण देखिन्छन् । 

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update