
नेपालगन्ज- नयाँ वर्षको अवसर पारी नेपालगन्जमा महाराजा रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।नेपालगञ्ज शहरको प्रवेशद्धार धम्बेजीचोकमा रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो । लुम्बिनी प्रदेश सरकारका अन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवालले उदघाटन गरेका छन् ।
नेपालगन्जमा जुनसुकै कामका लागि आउनेहरुका लागि पायक पर्ने गरि रेष्टुरेन्ट संचालन गरिएको महाराजा रेष्टुरेन्टका संचालक डम्बरबहादुर चन्दले बताए ।
छिटो सेवा दिने मुलमन्त्रलाई आत्मसाथ गर्दै हतारमा बजार आएका ग्राहकलाई लक्षित गर्दै रेष्टुरेन्ट संचालन गरिएको उनले बताए संचालक चन्दले मेनु र मूल्यमा पनि तुलनात्मकरुपमा सस्तो तर गुणस्तरिय खाद्य बस्तु रहेको दाबी गरे । सामान्य चोकबजारमा ठेलामा खाने गरेका ग्राहकले पनि महाराजामा एसीमा बसेर सोही मूल्यमा खाजा खान सक्नेगरि ब्यवस्था मिलाएको उनले बताए ।
१ करोड ४८ लाख लगानी रहेको रेष्टुरेन्टमा दक्ष जनशक्ति सहित १८ जनाले रोजगारी पाएको उनले जानकारी दिए । उनका अनुसार पहिलो र दोस्रो तलामा संचालन भएको रेष्टुरेन्टमा पहिलो तलामा फाष्टफुड उपलब्ध हुनेछन् भने दोस्रो तलामा बार सहितको पूर्ण सुबिधाको रेष्टुरेन्टको सेवा पाइने छ ।
विषेशगरि नेपालगन्ज बाहिरबाट अफिसियल र ब्यवसायिक प्रयोजनका लागि नेपालगन्ज आउने ग्राहकलाई रेष्टुरेन्ट संचालनबाट सहज हुने संचालक चन्दले अपेक्षा गरेका छन् ।