Lumbini Rise
बागेश्वरी बुटवलले विद्यार्थी प्रतिभाका लागि 'स्कुल गट ट्यालेन्ट' प्रतियाेगिता गर्ने

बुटवल- बागेश्वरी कला तथा संगीत एकेडेमी बुटवलले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ 'स्कुल गट ट्यालेन्ट रुपन्देही २०८२' गर्ने भएको छ । विद्यार्थीहरूभित्र  लुकेको कुनै पनि प्रतिभालाई उजागर गर्न टयालेन्ट सो गर्न लागिएको हो ।

स्कुल गट ट्यालेन्टको बिहीबार शुभारम्भको घोषणा गरिएको छ ।  विद्यार्थीहरूले आफूभित्र रहेको नृत्य, गायन, र्‍याप, अभिनय, कमेडी, वाद्यवादन जस्ता प्रतिभाहरू प्रस्तुत गर्न सक्नेछन् । 

लामो समयदेखि कला तथा सङ्गीत क्षेत्रमा लागेको बागेश्वरीले यस पटक रुपन्देहीका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी स्कुल गट ट्यालेन्ट गर्न थालिएको प्रबन्ध निर्देशक लालीमा श्रेष्ठले बत्ताइन् । उनले ट्यालेन्ट सोमा भाग लिन इच्छुक विद्यार्थीहरूले विद्यालय वा एकेडेमीमा सम्पर्क गर्न सक्ने बत्ताइन्।उनका अनुसार सहभागीहरूले भौतिक रूपमा विद्यालय वा एकेडेमीमा र १ मिनेटको भिडियो बनाएर अनलाइन मार्फत पनि फाराम भर्न सक्नेछन् ।

विभिन्न विद्यालयहरूसँग विद्यार्थी प्रतिभाको खोजीका लागि पत्राचार गरिएको र अन्य माध्यमबाट पनि अडिसन लिएर प्रतियोगिता सुरु गर्ने आयोजकले जनाएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई नगद ५५ हजार र प्रमाणपत्रले पुरस्कृत गरिनेछ । यस्तै दोस्रोलाई ३५ हजार, तेस्रोले २५ हजार नगद सहित अन्य आकर्षक पुरस्कार पाउनेछन् । 

 विद्यार्थीहरूले मात्र सहभागी हुन पाउने प्रतियोगितामा सहभागीहरूले फाराम भरेपछि अडिसन लिएर फाइनल प्रतिस्पर्धा गराइनेछ । प्रतियोगिता एसएमएस र भोटिङ नगरी मूल्याङ्कन गरिने बागेश्वरी कला तथा सङ्गीत एकेडेमीले जनाएको छ । 

 

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update