कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कारबाट जिसी र विश्वकर्मा पुरस्कृत
बिहीबार, जेठ १५, २०८२
बुटवल – १८ औँ गणतन्त्र दिवसको अवसर पारी कृष्णसेन इच्छुकको स्मृतिमा स्थापित कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कारबाट बुटवलका २ जना पत्रकार पुरस्कृत भएका छन् । जनगर्जन मिडिया प्रालि र जनपत्रकार सङ्गठन नेपालले बिहीबार बुटवलमा आयोजित विशेष समारोहमा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष एवं सल्लाहकार यानेन्द्र जिसी, लेखक तथा अग्रज दीपक विश्वकर्मा (छविलाल) लाई नगद सहित पुरस्कृत गरिएको हो ।