नेशनल प्याब्सन चार दर्जन गणित विषयक शिक्षकहरूका तालिम
शुक्रबार, जेठ १६, २०८२
बुटवल- निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) रुपन्देहीले आफू मातहतका विद्यालयमा गणित विषय अध्यापन गराउने शिक्षक-महिला शिक्षकहरुका लागि एक दिने गणित विषयक कार्यशाला गरेको छ । नेशनल प्याब्सनले रुपन्देहीका संस्थागत विद्यालयहरूको कक्षा ६ देखि कक्षा १० सम्म अध्यापन गराउने गणित विषयक शिक्षकहरूलाई एक दिने कार्यशाला गरेको हो । कार्यशालाको उद्घाटन गर्दै नेशनल प्याब्सनका केन्द्रीय उपमहासचिव कृष्णप्रसाद पौडेलले सूचना र प्रविधिको विकाससँगै शिक्षकहरू पनि अपडेट हुनु पर्ने उल्लेख गर्दै एआईको दुनियाँमा आफूलाई अपग्रेड नगर्ने शिक्षकले विद्यार्थीलाई सही शिक्षा दिन नसक्ने बताए ।