ओभर लोड रोक्न रुपन्देही प्रशासनको निर्देशन पालना गर्ने ट्रक समितिको निर्णय
शुक्रबार, जेठ १६, २०८२
भैरहवा - लुम्बिनी ट्रक यातायात व्यवसायी सङ्घ रुपन्देहीले ओभर लोड बोक्ने गाडीको भार मिलान गर्ने निर्देशनको स्वागत गरेको छ । भारतबाट नेपाल प्रवेश गर्ने मालवाहक ट्रकलाई भैरहवा भन्सार कार्यालय परिसर तथा रुपन्देही क्षेत्रका उद्योगहरूमा उत्पादित वस्तुहरू उद्योग परिसरमै ओभर लोड भार मिलान गर्न जेठ ६ गते रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले दिएको निर्देशन लुम्बिनी ट्रक यातायात व्यवसायी सङ्घले स्वागत गरेको छ ।