पत्रकार दीपक केसी (कुँवर) को निधन
शनिबार, जेठ १७, २०८२
बुटवल – कपिलबस्तुका पत्रकार दीपक केसी (कुँवर) को निधन भएको छ । करिव दुई वर्षदेखि ब्लड क्यान्सरको उपचार गराइरहेका कुँवरको शुक्रवार राती १ बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा निधन भएको हो । स्वर्गीय कुँवरका श्रीमती र एक छोरा एक छोरी छन् । करिव डेढ दशकदेखि कपिलवस्तुमा पत्रकारिता गरिरहेका पत्रकार कुँवर मोफसल खबरका अध्यक्ष र रेडियो शिवराजको स्टेसन म्यानेजर लगायतका सञ्चार माध्यममा सक्रिय रुपमा काम गरेका थिए ।