
बुटवल – कपिलबस्तुका पत्रकार दीपक केसी (कुँवर) को निधन भएको छ । करिव दुई वर्षदेखि ब्लड क्यान्सरको उपचार गराइरहेका कुँवरको शुक्रवार राती १ बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा निधन भएको हो । स्वर्गीय कुँवरका श्रीमती र एक छोरा एक छोरी छन् ।
करिव डेढ दशकदेखि कपिलवस्तुमा पत्रकारिता गरिरहेका पत्रकार कुँवर मोफसल खबरका अध्यक्ष र रेडियो शिवराजको स्टेसन म्यानेजर लगायतका सञ्चार माध्यममा सक्रिय रुपमा काम गरेका थिए ।
यसैविच नेपाल पत्रकार महासंघ कपिलबस्तुले कुँवरको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, मेहनती, जुझारु, निडर र उर्जाशील युवा पत्रकार गुमाएको भन्दै दुःख व्यक्त गरेको छ ।
सचिव सनिउल्ला धोवीले शोक वक्तव्य जारी गरी पत्रकार कुंवर प्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । साथै शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना सहित गहिरो समवेदना व्यक्त गगरिएको छ ।