बालेन सरकार: राजनीतिक प्रतिशोध कि विधिको शासनको सुरुवात?
सोमबार, चैत १६, २०८२
नेपाली राजनीतिको आकाशमा दशकौँदेखि एउटै प्रश्न मडारिरहेको छ- के यो देशमा विधिको शासन कहिल्यै स्थापित होला? आश्वासनका पोकाहरू फुस्किए, पात्रहरू फेरिए, तर पद्धतिमा सुधार आउन सकेन। आज सडकदेखि सदनसम्म एउटै गम्भीर बहस छः के अब साँच्चै केही बदलिँदै छ? वा यो केवल अर्को एउटा क्षणिक राजनीतिक लहर मात्र हो?


