गोरखा दरवारदेखि बुटवल जितगढीसम्म नेपाली सेनाको पदयात्रा सुरु
शुक्रबार, चैत २७, २०८२
बुटवल - गोरखा दरवारदेखि बुटवल जितगढीसम्मको ऐतिहासिक एकीकरण पदमार्गमा नेपाली सेनाको पदयात्रा सुरु भएको छ । शुक्रबारबाट सुरु भएको पदयात्राको यो चौंथो संस्करण हो । गोरखा दरबारको हनुमानभञ्ज्याङमा एक कार्यक्रमकाबीच पदयात्रामा सहभागीहरुलाई बिदाइ गरिएको छ । टर्च लाइटको साथमा नेपाली सेनाको प्रथम कम्पनीहरू श्रीनाथ, सबुज, पुरानो गोरख, बर्दवाणी र कालिबक्स) को झण्डा हस्तान्तरण गरेर उनीहरूलाई बिदाइ गरिएको रुद्रध्वज गणका गणपति विरोध रिजालले बताए ।


