शान्ति समाज रुपन्देहीले संवाद र दीप प्रज्वलन गरी मनायो स्थापना दिवस
मंगलबार, जेठ २०, २०८२
बुटवल – मानवअधिकार तथा शान्ति समाजको २९औँ स्थापना दिवसको अवसरमा रुपन्देही शाखाद्वारा शिक्षक विद्यार्थी बिच वैज्ञानिक शिक्षा संवाद र दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।सोमबार पहिलो कार्यक्रम बुटवल देवीनगर स्थित गार्गी एकेडेमीमा शिक्षक र विद्यार्थीसँग वैज्ञानिक शिक्षा संवाद र दोस्रो कार्यक्रम तिलोत्तमा भोगिकुटी स्थित शान्ति कुञ्जमा दीप प्रज्वलन गरेको हो । कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय सभापति गोविन्द खनालले शान्ति समाजको स्थापना पूर्ण लोकतन्त्र स्थापना र नागरिक स्वतन्त्रता लागि भएको बताए ।