दुई दिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सकियाे
शनिबार, असार २०, २०८३
लुम्बिनी- बुद्ध जन्मस्थल लुम्बिनीमा बौद्ध धर्म, संस्कृति र सम्पदाको संरक्षण तथा दिगो पर्यटन प्रवर्द्धन सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गरिएको छ ।लुम्बिनी प्रदेश सरकार र बौद्ध विश्व विद्यालयको आयोजनामा विहिबार र शुक्रबार दुई दिन बौद्ध सम्मेलन गरिएको हो । लुम्बिनी क्षेत्रमा सुशासन प्रवर्द्धन, बौद्ध सम्पदाको संरक्षण तथा दिगो पर्यटन विकासका उपायबारे विभिन्न देशका विज्ञहरू अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गर्दै छलफल गरेका छन् ।


