अध्यक्षविरुद्धको योजनाबद्ध षडयन्त्र : एकीकृत समाजवादी
बिहीबार, जेठ २२, २०८२
काठमाडौं - नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधव कुमार नेपालविरुद्ध गलत, भ्रमपूर्ण र योजनाबद्ध तरिकाबाट षड्यन्त्र भएको निष्कर्ष निकालेको छ। अध्यक्ष नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि पार्टी बैठकले यस्तो निष्कर्ष निकालेको हो। ‘हामी शीर ठाडो पारेर यस्ता प्रक्रियाको विरोधमा जान्छौं ।हामी अदालतबाट क्लिनचिट लिएर गलत, योजनाबद्ध, षड्यन्त्र खारेज गर्ने सन्देश दिनेगरी फर्कन्छौं’ उपाध्यक्ष ज्वालाले भने ।