Lumbini Rise
अध्यक्षविरुद्धको योजनाबद्ध षडयन्त्र : एकीकृत समाजवादी

काठमाडौं -  नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधव कुमार नेपालविरुद्ध गलत, भ्रमपूर्ण र योजनाबद्ध तरिकाबाट षड्यन्त्र भएको निष्कर्ष निकालेको छ। अध्यक्ष नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि  पार्टी बैठकले यस्तो निष्कर्ष निकालेको हो।

‘हामी शीर ठाडो पारेर यस्ता प्रक्रियाको विरोधमा जान्छौं ।हामी अदालतबाट क्लिनचिट लिएर गलत, योजनाबद्ध, षड्यन्त्र खारेज गर्ने सन्देश दिनेगरी फर्कन्छौं’ उपाध्यक्ष ज्वालाले भने ।

अख्तियारले मुद्दा दायर गर्दा नेपाल रौतहटबाट काठमाडौँ फर्किएका छन्। अध्यक्ष नेपाल काठमाडौँ पुगे लगत्तै पार्टी कार्यालय आलोकनगरमा बैठक बसेको थियो। बैठकले तीन बुँदे धारणासमेत सार्वजनिक गरेको छ। अख्तियारको आजको निर्णयलाई प्रतिशोधपूर्ण भनेको छ।

त्यस्तै, अध्यक्ष नेपालले पनि प्रतिशोधपूर्ण र पूर्वाग्राही ढंगबाट मुद्दा दायर भएको जिकिर गर्नुभएको छ। ‘नबिराउनू, नडराउनू। अरु कुरा कानुनी कुरा छन्’ बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले । 

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  २०:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update