ज्ञानपुञ्जमा ‘आमासँग विद्यार्थी’ कार्यक्रम सञ्चालन
सोमबार, साउन ११, २०८३
बुटवल - ज्ञानपुञ्ज इङलिस बोर्डिङ स्कुल, बुटवल–११, नहरपुरले ‘आमासँग विद्यार्थी’ कार्यक्रम गरेको छ । विद्यार्थी र अभिभावकबीच भावनात्मक, नैतिक तथा शैक्षिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले ‘आमासँग विद्यार्थी’ कार्यक्रम गरिएको विद्यालयले जनाएको छ । साउन ६ गतेदेखि सुरु भएको कार्यक्रम सोमबार सफलतापूर्वक सम्पन्न गरिएको हो । साउन ६ गते कक्षा ८, ९ र १० तथा साउन ११ गते कक्षा ५, ६ र ७ का विद्यार्थीहरूका आमाहरूलाई विद्यालयमा आमन्त्रण गरी आफ्ना जीवनका अनुभव, संघर्ष, प्रेरणा र अपेक्षाहरू विद्यार्थीहरूसँग प्रत्यक्ष रूपमा साझा गर्ने अवसर प्रदान गरिएको प्राचार्य शंकर भण्डारीले बताए ।

-1785168482.jpg)
