देवानगञ्जको अवस्था सामान्य बन्दै : राजमार्गको कर्फ्यु हट्यो, अन्यत्र कायमै
मंगलबार, साउन १२, २०८३
काठमाण्डौ - सुनसरीको देवानगञ्ज क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटना र त्यसपछि उत्पन्न अवस्थालाई ध्यानमा राखेर प्रशासनले हिजो केही ठाउँमा कर्फ्यु र निषेधाज्ञा लगाएको थियो । मंगलबार पछिल्लो अवस्थाको मूल्याङ्कनका आधारमा राजमार्ग क्षेत्रको कर्फ्यु हटाइएको सुनसरी प्रशासनले जनाएको छ ।


